खेलकुद

भलिबलको स्वर्णका लागि आर्मी र एपीएफ भिड्ने

इकागज |
कात्तिक २, २०७९ बुधबार २०:२४ बजे

पोखरा- नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा विभागीय टिम त्रिभुवन आर्मी र नेपाल एपीएफ स्वर्ण पदकका लागि भिड्ने भएका छन् ।

पोखरा रंगशालाको भलिबल कोर्टमा बुधबार साविक विजेता पुलिसलाई हराउँदै विभागीय टिम आर्मी विजयी भयो । एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई हराउँदै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।


पहिलो सेमिफाइनलमा आर्मीले ३–१ को सेटमा पुलिसलाई पराजित गर्‍यो । आर्मीले २५–१८, २५–२३ र २५–१९ को सेटमा पुलिसलाई पराजित गरेको हो ।

दोस्रो सेमिफाइनल खेलमा आयोजक गण्डकी प्रदेश विभागीय टिम एपीएफसँग पराजित भयो । एपीएफले २५–२१, २७–२५ र २५–१२ को .सोझो सेटमा गण्डकीलाई पराजित गरेको हो ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम दिन बिहीबार पुरुष भलिबलको फाइनलमा आर्मी र एपिएफबिच प्रतिस्पर्धा हुनेछ । त्यसअघि गण्डकी र पुलिस कास्य पदकका लागि भिड्नेछन् ।


Author

थप समाचार
x