खेलकुद

गण्डकीलाई पुरुष फुटबलमा कांस्य

इकागज |
कात्तिक २, २०७९ बुधबार १८:२४ बजे

पोखरा। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा गण्डकी प्रदेशले कांस्य जितेको छ । बुधबार पोखरा रंगशालास्थित फुटबल मैदानमा तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले सुदुरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै कास्य जितेको हो ।

गण्डकीका कमल थापाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको ३१ औं मिनेटमा कमलले गोल गर्दै गण्डकीलाई अग्रता दिलाए । यस अघि गण्डकी सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग १–० को हार व्यहोरेको थियो । सुदुरपश्चिम एपीएफसँग ५–१ गोलको हार व्यहोरेको थियो ।


नवौंमा ७ प्रदेशसहित ३ विभागीय क्लब र एनआरएनको सहभागिता रहेको थियो । फाइनलमा आर्मी र एपिएफ भिड्दै नवौं अन्तरगत पुरुष फुटबलको फाइनलमा विभागीय क्लब त्रिभुवन आर्मी र शसस्त्र प्रहरी बलको एपीएफ क्लब भिड्दै छन् । प्रतियोगिताको फाइनल खेल पोखरा रंगशालास्थित फुटबल मैदानमा बिहीबार दिउँसाे २ः३० बजे हुने आयोजकले जनाएको छ ।


Author

थप समाचार
x