खेलकुद

दुई महिनाकै प्रशिक्षणामा निशाले जितिन् स्वर्ण

इकागज |
कात्तिक ३, २०७९ बिहीबार ९:३० बजे

पोखरा- नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत लुम्बिनी प्रदेशकी निशा चौधरीले पहिलो स्वर्ण जितेकी छन् । महिलाको १०० मिटर दौडमा रजत पदकमा सीमित भएकी निशाले २०० मिटर दौडमा स्वर्ण जितेकी हुन्।

निर्धारित दूरी २५.२४ सेकेन्डमा पुरा गर्दै निशाले लुम्बिनीलाई स्वर्ण दिलाएकी हुन् । नेपाल एपीएफ क्लबकी रमिता कुमारी थारूले २५.९५ सेकेन्डमा रजत तथा नेपाल पुलिस क्लबकी लक्ष्मी साउदले २७.५२ सेकेन्डमा कास्य जितिन् ।


राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण जितेपछि खुसी लागेको निशाले प्रतिक्रिया दिइन् । 'स्वर्ण जित्दा खुसी लागेको छ,' उनले थपिन् ।

निशाकी प्रशिक्षक पद्मा चौधरीले केवल दुई महिनाको प्रशिक्षणमै निशाले स्वर्ण जित्न सफल भएको बताइन् । निरन्तर अभ्यास गरे निशाले नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउन सक्ने विश्वास व्यक्त गरिन् ।

'निरन्तर र लामो समय अभ्यास गरे निशाले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउन सक्छिन्,' प्रशिक्षक चौधरीले बताइन् ।


Author

थप समाचार
x