एपीएफ 'डिसक्वालिफाई' हुँदा आर्मीलाई स्वर्ण
पोखरा- शीर्ष स्थान हात पार्ने अवस्थामा रहेको नेपाल एपीएफ क्लब 'डिसक्वालिफाई' भएपछि महिलाको ४x४०० मिटर रिले दौडमा त्रिभुवन आर्मी क्लबले स्वर्ण जितेको छ ।
५ सय २० मिटरमा भन्दा अगाडी नै खेलाडीले लेन परिवर्तन गर्दा एपीएफ डिसक्वालिफाई भएको पदाधिकारीहरूले बताएका छन् ।
त्यसपछि आर्मीले स्वर्ण हात पार्यो । आर्मीको टिममा सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कलेसी चौधरी रहेका थिए । उक्त टिमले निर्धारित दूरी ४ मिनेट ०२.७८ सेकेन्डमा पुरा गरे ।
यता लुम्बिनी प्रदेशको निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारुको टिमले ४ मिनेट १४.८० सेकेन्डमा रजत जित्यो ।
त्यसैगरी, बागमती प्रदेशको अन्जु खड्का, रजिता दुलाल, स्वागता खाइजु र सन्तोषी श्रेष्ठको टिमले ४ मिनेट र २२.७९ सेकेन्डमा कास्य हात पार्यो ।
पुरुषतर्फ पनि आर्मीले स्वर्ण जित्यो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया