प्याराग्लाइडिङः अभ्यास नै आधिकारिक, निसिमको सालिक बन्ने
पोखरा- नवौँ राष्ट्रिय खेलकुदका दौरान दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ प्रतियोगिताको पदक छिनोफानो भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतका अनुसार असोज २८ गते गरिएको अभ्यास खेलकै नतिजालाई नै आधिकारिक नतिजा मानेर पुरस्कार वितरण गरिएको हो ।
त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापाले टिम क्रसकन्ट्रीमा रजत जितेका हुन् । प्याराग्लाइडिङका खेलाडी थापालाई सरकारले सम्मानस्वरूप स्वर्ण पदक तथा २५ हजार नगद प्रदान गर्यो ।
उनको नाममा पोखरा रंगशालामा अर्धकदको सालिक समेत बन्ने भएको छ । बिमाको रकम बाहेक मन्त्रिपरिषदबाट थप सहायताको लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लैजाने मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए ।
पुरस्कार थाप्न भने निसिमका काका भेनिस थापाले निसिमको पदक लिए ।
यसैबीच क्रसकन्ट्री, टिम क्रसकन्ट्री र अक्युरेसी विधामा भएका खेलमा टिम र एकलतर्फ गण्डकी र विभागीय टिम आर्मीले समान ३, ३ स्वर्ण जितेका छन् । क्रमकन्ट्रीमा गण्डकीको टिमले स्वर्ण पदक जितेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया