खेलकुद

पुरुष बास्केटबलः गण्डकी र एपीएफ च्याम्पियन

इकागज |
कात्तिक ३, २०७९ बिहीबार १४:१७ बजे

पोखरा- नवौँ खेलकुद अन्तर्गत पोखरामा सम्पन्न पुरुष बास्केटबलको उपाधि आयोजक गण्डकी र नेपाल एपीएफले जितेका छन् । प्रतियोगिताको फाइभ अन फाइभतर्फ  विभागीय टोली एपीएफले गण्डकी प्रदेशलाई ८१-७९ स्कोरमा पराजित गर्‍यो ।

यसअघि कांस्य पदकका लागि भएको प्रतियोगितामा आर्मीले  बागमतीलाई  ७८- ६० स्कोर सहित पराजित गर्दै कांस्य पदक हात पारेको छ ।


थ्री अन थ्रीतर्फ भने आयोजक गण्डकीले एपीएफलाई २१-१६ स्कोरमा पराजित गर्दै उपाधि जित्यो ।

यसअघि बागमतीले आर्मीलाई १९-१५ स्कोरले हराउँदै तेस्रो स्थान हासिल गरेको थियो ।


Author

थप समाचार
x