खेलकुद

पुरुष भलिबलको उपाधि एपीएफलाई

इकागज |
कात्तिक ३, २०७९ बिहीबार १४:३३ बजे

पोखरा- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष भलिबलको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ । पोखरा रंगशालास्थित कोर्टमा भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै स्वर्ण जितेको हो ।

एपीएफले आर्मीलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो । पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २७-२५ ले जितेको थियो । तेस्रो सेट २६-२४ ले जित हात पार्दै एपीएफले स्वर्ण पक्का गर्‍यो ।


यसअघि नेपाल पुलिस क्लबले कास्य पदक जितेको थियो । पुलिसले गण्डकी प्रदेशलाई ३-० को साझो सेटमा पराजित गरेको थियो ।


Author

थप समाचार
x