नवौं राष्ट्रिय खेलकुदः १७२ स्वर्णसहित आर्मी च्याम्पियन
पोखरा- नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सर्वाधिक पदक जितेको त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । समग्रमा ३ सय ९७ स्वर्ण मध्ये आर्मीले १ सय ७२ स्वर्ण हात पार्यो । त्यसैगरी, आर्मीले १ सय १० रजत तथा ८९ कास्यसहित कूल ३ सय ७१ पदक जित्यो ।
यता दोस्रो भएको नेपाल एपीएफ क्लबले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्यसहित जम्मा २ सय १९ पदक हात पार्यो । यता तेस्रो भएको नेपाल पुलिसले समग्रमा १ सय ९५ पदक जित्यो । पुलिसले ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य हात पार्यो ।
चौथो भएको आयोजक गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य पायो । पाँचौं भएको बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य हात पार्दा छैटौँ भएको प्रदेश १ ले १० स्वर्ण, २३ रजत र ५० कास्य जित्यो ।
यता १० स्वर्ण, १० कास्य र ४३ रजतसहित सुदूरपश्चिम सातौं, १० स्वर्ण, ९ रजत र ७ कास्य जितेको एनआरएनए आठौँ तथा ६ स्वर्ण, २२ रजत र ४० कास्यसहित लुम्बिनी प्रदेश नवौं भयो ।
अर्कोतर्फ ५ स्वर्ण, ८ रजत तथा २६ कास्यसहित मधेश प्रदेश १० औँ तथा २ स्वर्ण, ४ रजत तथा १२ कास्यसहित कर्णाली ११ औँ भयो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया