खेलकुद

भव्य समारोहबीच नवौँ राष्ट्रिय खेलकुदको समापन

इकागज |
कात्तिक ३, २०७९ बिहीबार १८:२ बजे

पोखरा- गण्डकी प्रदेशमा असोज २८ गते औपचारिक रुपमा सुरु भएको नवौँ राष्ट्रिय खेलकुदको बिहीबार समापन भएको छ । पोखरास्थित पोखरा रंगशालामा भव्य कार्यक्रमकाबीच राष्ट्रिय खेलकुदको समापन भएको हो । प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा राष्ट्रिय खेलकुदको समापन भएको हो ।

समापन समारोहमा सहभागी टिमले मार्चपास गरे । त्यसैगरी कलाकार प्रकाश सपुत र मिलन नेवाले सांगीतिक प्रस्तुती दिएका थिए । प्याराग्लाइडिङ खेलाडी निसिम थापाको निधनप्रति मौन धारण समेत गरिएको थियो । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उद्घाटन भएको राष्ट्रिय खेलकुदको समापन अघि पोखरा रंगशालामा पुरुष फुटबल फाइनल खेल भएको थियो ।


समापन समारोहमा दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण समेत गरिएको छ । दशौं संस्करण २०८१ मा कर्णालीमा आयोजना हुने छ ।


Author

थप समाचार
x