'गोदावरी साइक्लोथोन २०२२' कात्तिक ९ गते हुने
काठमाडौँ- ललितपुरको गोदावरी नगरपालीकामा कात्तिक ९ गते गोदावरी साइक्लोथोन २०२२ आयोजना हुने भएको छ ।
आयोजक गोदावरी वाणिज्य संघले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नगरभित्र रहेका सुन्दर मनोरम, प्राकृतिक, धार्मिक तथा सांस्कृतिक स्थलहरूको प्रवर्द्धन गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न साइक्लोथोन आयोजना गरेको जनाएको हो ।
साइक्लोथोनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातीप्राप्त स्वदेशी तथा विदेशी ३०० साइकल यात्रीहरूको सहभागिता हुने गोदावरी वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले जानकारी दिए । गोदावरी नगरपालिकाबाट सुरु हुने साइक्लोथोन ठेचो, चापागाँउ, देवीचौर, टिकाभैरव लगायतका स्थानको परिक्रमा गरी पुन: नगरपालिकामा आएर समापन हुने उनले बताए ।
साइक्लोथोनका लागि विभिन्न सुरक्षा निकायको सहयोग रहने र आवश्यक स्वास्थ्य उपचारको पनि उचित प्रबन्ध गरिएको संघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया