खेलकुद

मुम्बईलाई हराउँदै दोस्रो स्थानमा दिल्ली

इकागज |
बैशाख ८, २०७८ बुधबार ६:३३ बजे

काठमाडौँ : साविक विजेता मुम्बई इन्डियन्सलाई हराउँदै दिल्ली क्यापिटल्स आइपीएल क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ । मंगलबार राती भएको खेलमा मुम्बईलाई ६ विकेटले हराउँदै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो । 

टस हारेर चेन्नेईमा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो । मुम्बईलाई सस्तैमा रोक्न दिल्लीका अमित मिश्राले ४ विकेट लिए । १३८ रनको लक्ष्य दिल्लीले ४ विकेट गुमाएर ५ बल बाँकी छँदै भेट्टायो ।


उसका लागि शिखर धवनले ४५ र स्टिभ स्मिथले ३३ रन बनाए । जितसँगै दिल्ली ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनि रनरेटका आधारमा एक खेल कम खेलेको बेंगलोर शीर्ष स्थानमा छ । ४ अंक भएको मुम्बई भने चौथो स्थानमा छ ।

आइपीएलमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा पञ्जाब र हैदरावाद खेल्दैछन् । खेल चेन्नेईमा पौने ४ बजे सुरु हुनेछ । यस्तै राती हुने दोस्रो खेलमा चेन्नेई र कोलकाता खेल्नेछन् । यो खेल राती पौने ८ बजे मुम्बईमा हुनेछ । 


Author

थप समाचार
x