बुवा बनेपछि नाडाल पहिलो खेलमै पराजित
काठमाडौँ- स्पेनिस टेनिस स्टार राफायल नाडाल बुवा बनेपछि खेलेको पहिलो खेलमै पराजित भएका छन् । पेरिस मास्टर्सको दोस्रो चरणमा नाडालले अमेरिकी खेलाडी थोमस पलसँग पराजित भएका हुन् ।
पलले नाडाललाई ३-६, ७-६ (७-४) र ६-१ ले पराजित गरे । नाडाल पछिल्लो समय पेटको समस्याबाट पीडित रहेका छन् ।
३६ वर्षीय नाडाल अक्टोबर ८ मा बुवा बनेका थिए । नाडालले २२ पटक ग्रान्ड स्लाम उपाधि जितेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया