उमा कुङफु टोली भारत प्रस्थान
काठमाडौँ- इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय तार्केश्वर उमा कुङफु स्कुलको टोली शुक्रबार भारतको पन्जाब प्रस्थान गरेको छ ।
नोभेम्बर ५ र ६ तारिखमा हुने प्रतियोगितामा २ पुरुष र ४ महिला खेलाडीले उमा कुङफु विधाको किक बक्सिङमा प्रतिस्पर्धा गर्ने छन् । पुरुष ५०–५५ केजीमा आर्यन रावल र राजन तामाङ रहेका छन् । महिला ५०–५५ केजीमा साइना महर्जन, २५–३० केजीमा सिम्रिका कुँवर, ३०–३५ केजीमा दर्शना तामाङ र ४५–५० केजीमा प्रशंसा लामा छन् ।
प्रशिक्षकमा तार्केश्वर उमा कुङफु स्कुलका मुख्य प्रशिक्षक एवं नेपाल उमा कुङफु संघका सचिव रमेश महर्जन रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया