खेलकुद

अष्ट्रेलियासँग अफगानिस्तान ४ रनले पराजित

इकागज |
कात्तिक १८, २०७९ शुक्रबार १७:५६ बजे

काठमाडौं– घरेलु टोली अष्ट्रेलियाले आइसिसी टि२० विश्वकपमा अफगानिस्तानमाथि जित हात पारेको छ । अफगानिस्तानलाई चार रनले हराउँदै अष्ट्रेलियाले सेमिफाइनल खेल्ने सम्भावना कायमै राखेको छ ।

पहिले फिल्डिङ गरेको अफगानिस्तानले जितका लागि १ सय ६९ रन पछ्याएको थियो । उसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउयँदै १ सय ६४ रन मात्रै बनाउन सक्यो ।


अफगानिस्तानका रासिद खानले आक्रामक ब्याटिङ गरे पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले २३ बल खेल्दा ३ चौका र ४ छक्कासहित सर्वाधिक ४८ रनमा अविजित रहे । गुलबदीन नाइबले २३ बलमा ३ चौका र २ छक्का हाने । उनले ३९ रन बनाए । ओपनर रहमानउल्लाह गुर ३० रनमा आउट भए ।

अष्ट्रेलियाका जोश हेजलवुडले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । एडम जाम्पाले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । अष्ट्रेलियालाई जित दिलाउन ग्लेन म्याक्सवेलले सर्वाधिक ५४ रनको योगदान दिए ।  ओपनर क्यामरन ग्रीन २ बलमा ३ रन जोड्दै पवेलियन फर्किए ।
डेविड वार्नरले २५ रनमा बोल्ड आउट भए। स्टिभ स्मिथ पनि ४ रन जोड्दै एल्बिडब्लु धरापमा परे । 

समूह ए बाट न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको छ । अव शनिबार इंग्ल्यान्डले श्रीलंकासँग खेल्नेछ । उक्त खेलमा इंग्ल्यान्ड विजयी हुँदा अष्ट्रेलिया स्वत बाहिरिने छ ।

अष्ट्रेलिया ५ खेलमा ७ अंकका साथ दोस्रो स्थानमा छ । तर अष्ट्रेलियाको नेटरनरेट माइनस ०.१७३ छ । इंग्ल्यान्डको ४ खेला ५ अंक छ । इंग्ल्यान्डको नेटरनरेट प्लस ०.४५७ छ । 
 


Author

थप समाचार
x