फुटबल राउन्डअप
फ्रान्सको अनपेक्षित पराजय, नेदरल्यान्ड्स र स्पेनको बराबरी
बुधबार सम्पन्न अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा फिनल्यान्डले फ्रान्सविरुद्ध २-० को अनेपक्षित जित निकालेको छ । तुलान्तमक कमजोर प्रतिद्वन्द्वी फिनल्यान्डसँग हारेसँगै अन्तराष्ट्रिय फुटबलमा फ्रान्सको १२ खेल लामो अपराजित यात्रा समाप्त भएको छ । फ्रान्सले पछिल्लो पराजय सन् २०१९ जुनमा ब्यहोरेको थियो ।
फ्रान्सको घरेलु मैदान स्टेडे डे फ्रान्समा भएको खेलमा फिनल्यान्डका लागि मार्कस र्फोस र ओन्नी भालाकारीले एक-एक गोल गरे । दुवै खेलाडी फिनल्यान्डका लागि पहिलो पटक खेल्दै थिए । यसअघि फिनल्यान्डले स्टेड डे फ्रान्समा सम्पन्न पछिल्ला आठ खेलमा विजय प्राप्त गर्न सकेको थिएन ।
किलियान एमबाप्पे बिना मैदान उत्रिएको फ्रान्सले अधिकांश समय बल आफ्नो कब्जामा राख्यो । तर मार्कस थुरामले केही लोभलाग्दा अवसरहरुको सदुपयोग गर्न नसक्दा फ्रान्सले गोल गर्न सकेन । अब, फ्रान्सले नेसन्स लिगमा आउदो शनिबार र्पोचुगल तथा मगंलबार स्विडेनको सामना गर्दैछ ।
बुधबार नै सम्पन्न अर्को मैत्रीपूर्ण खेलमा बेल्जियमले स्विटजरल्यान्डलाई २-१ ले हरायो । अदमिर मेहमेदीले १२ औ मिनेटमा गोल गर्दै स्विटजरल्यान्डलाई अग्रता दिलाए । तर मिची बात्सुयायीले दोस्रो हाफमा दुई गोल गरेपछि बेल्जियमले घरेलु मैदानमा संर्घषपूर्ण जित दर्ता गर्यो । बेल्जियम चार वर्षयता घरेलु मैदानमा अपराजित छ । यता, स्विटजरल्यान्डविरुद्ध दुई गोल गरेसँगै क्रिस्टल प्यालेसका स्ट्राइकर बात्सुयायीको राष्ट्रिय टोलीका लागि पछिल्लो १३ खेलमा १३ गोल भएको छ । बेल्जियमले नेसन्स लिगका खेलहरुमा इंगल्यान्ड र डेनमार्कलाई आतिथ्यता प्रदान गर्दैछ ।
उता नेदरल्यान्डस र स्पेनले १-१ को बराबरी खेले । योहान क्रुफ एरेनामा भएको खेलमा सर्जियो कानालेसको गोलबाट स्पेन पहिलो हाफमा १-० ले अघि बढ्यो । तर दास्रो हाफ सुरु भएलगत्तै नेदरल्यान्डसका डोनी भान डे बिकले गोल गर्दै खेललाई बराबरीमा ल्याए । कप्तान तथा प्रभावशाली डिफेन्डर भर्जिल भान डाइक बिना नै उत्रेको नेदरल्यान्डस्ले खेलको छैटो मिनेटमा आफ्ना अर्का डिफेन्डर नाथन आकेलाई गुमायो ।
चोटका कारण मैदान छाडेका म्यानचेस्टर सिटीका आकेलाई म्यानचेस्टर युनाईटेडका पूर्व खेलाडी डेले ब्लाइन्डले प्रतिस्थापन गरे । ला लिगामा यसै सिजन रियल सोसिडाडबाट रियल बेटिस गएका कानालेसले नेदरल्यान्ड्सका बिरुद्ध गरेको गोल स्पेनको जर्सीमा पहिलो थियो । लुईस एनरिके नेतृत्वमा रहेको स्पेनले खेलको पहिलो हाफ आफ्नो नियन्त्रणमा राख्यो भने दास्रो हाफमा नेदरल्यान्ड्स हावी रह्यो । मेम्फिस डिपे, लुक डि योङ लगायतका खेलाडीहरुले गोलको अवसर पाए पनि उनीहरु सफल हुनसकेनन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया