भारत टि२० विश्वकपबाट बाहिरियो, उपाधिका लागि पाकिस्तान र इंंग्ल्याण्ड भिड्ने
काठमाडौं– अष्ट्रेलियामा जारी टि२० विश्वकपमा भारत बाहिरिएको छ । आज भएको दोस्रो सेमिफाइनलमा भारतमाथि इंग्ल्याण्डले १० विकेटको शानदार निकाल्यो ।
एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएकाे थियाे। अलराउन्डर भारतले इंग्ल्यान्डलाई १ सय ६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको थियाे। साे लक्ष्य उसले इंग्ल्यान्डले १६ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । इंग्ल्यान्डले फाइनलमा पाकिस्तानसँग प्रतिस्धर्पा गर्नेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।
इंग्ल्यान्डको जितमा ओपनर एलेक्स हेल्स ४७ बलमा ४ चौका र ७ छक्कासहित ८६ रनमा अविजित रहे । कप्तान जस बटलर ४९ बलमा ९ चौका र ३ छक्कासहित ८० रनमा अविजित रहे ।
भारतका हार्दिक पान्ड्याले सर्वाधिक ६३ रन बनाए । विराट कोहली ५० रन बनाउँदै पवेलियन फर्किए । योसँगै विराट कोहली टि२० आईमा ४ हजार रन पूरा गर्ने विश्वकै पहिलो ब्याटर बने पनि टिमलाई जिताउन सकेनन् । कोहलीपछि भारतीय कप्तान रोहित शर्माले ३ हजार ८ सय ५३ रन बनाएका छन् ।
लोकेश राहुल ५ रनमा विकेटकिपर जस बटलरबाट क्याच आउट भए ।
रोहित शर्मा २७ रनमा आउट भए । साम करनबाट क्याच आउट हुन भएका हुन् । सूर्यकुमार यादवले १४ रन बनाउँदा ऋषभ पन्त ६ रनमा रन आउट भए ।
इंग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । आदिल राशिद र क्रिस वोक्सले समान एक एक विकेट लिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया