खेलकुद

आइपीएल क्रिकेट : इयोन मोर्गानलाई जरिवाना

इकागज |
बैशाख ९, २०७८ बिहीबार १५:५३ बजे

काठमाडौँ: इन्डियन प्रिमियर लिगको कोलकाता नाइट राइडर्सका कप्तान इयोन मोर्गानलाई १२ लाख भारु जरिवाना गरिएको छ । बुधबार चेन्नाई सुपर किंग्सँगको खेलमा कोलकाताका बलरहरुले निर्धारित भन्दा बढी समय लगाएर बलिङ गरेको भन्दै टिम कप्तान मोर्गानलाई जरिवना गरिएको हो । 

‘कोलकाताले आइपीएलको आचार संहिता तोडेकाले टिम कप्तानलाई जरिवाना गरिएको हो,’ आइपीएलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । आइपीएलको नयाँ सिजनमा जरिवाना भोग्ने मोर्गान तेस्रो कप्तान हुन् । यसअघि मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा र चेन्नाई सुपर किंग्‍स्का कप्तान महेन्द्र सिंह धोनीलाई पनि जरिवना गरिएको थियो ।


पहिलो पटक आचार संहिता तोड्दा टिम कप्तानलाई १२ लाख जरिवाना गराउने नियम छ । दोस्रो पटक पनि पनि आचार संहिता तोडे, कप्तानले २४ लाख तिर्नुपर्ने हुन्छ । तेस्रो पटक पनि गल्ती दोहोरिए ३० लाख र एक खेल प्रतिबन्धको व्यवस्था छ । 


Author

थप समाचार
x