आठौं संस्करणको नेपालगञ्ज म्याराथन मंसिर २४ गते हुने
काठमाडौँ- आठौँ संस्करणको नेपालगञ्ज म्याराथन मंसिर २४ गते हुने भएको छ ।
काठमाडौँमा शुक्रबार क्रियटिभ गञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले पत्रकार सम्मेलन गरेर हरेक वर्ष मंसिरको पहिलो शनिबार आयोजना हुँदै आएको नेपालगञ्ज म्याराथन आम निर्वाचनका कारण तीन साता पछाडि सारेको जनाएको हो । आठ वर्षदेखि नियमित सञ्चालन हुँदै आएको नेपालगञ्ज म्याराथनलाई विश्व म्याराथनको सर्वोच्च निकाय एशोसिएशन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को अफिसियल क्यालेन्डरमा समावेश गरेको छ ।
२०२२ नोभेम्बरदेखि २०२४ फेब्रुअरीसम्मको क्यालेन्डर सार्वजनिक गर्ने क्रममा डिसेम्बर १० तारिख शनिबारका दिन हुने म्याराथनको सूचीमा नेपालगञ्ज म्याराथनलाई एम्सको वेभसाइटमा सम्बोधन गरेको हो ।
एम्स संसारभरिका म्याराथन आयोजकहरूको साझा संस्था हो । त्यसअघि नेपालगञ्ज म्याराथनले एम्सका आधिकारिक कोर्ष मेजरर आमिर सान्डिवानद्वारा चार विभिन्न विधाहरू ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी दूरीको रुट प्रमाणीकरण गराएको थियो । यस वर्ष विभिन्न ११ वटा विधाका स्पर्धा समावेश गरिएको छ । कर्पोरेट रनतर्फ महिलालाई यसवर्ष थप गरिएको हो ।
पुरुषतर्फ म्याराथन, महिलातर्फ हाफ म्याराथन, १० किमी पुरुष खुला, ५ किमी महिला खुला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन (८ देखि १२ वर्ष उमेरसमूह), २ किमी कर्पोरेट रन पुरुष तथा महिला, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया