खेलकुदले समाजलाई एकताबद्ध बनाउँछः राजेश हमाल
काठमाडौँ- महानायक राजेश हमालले खेलकुदले समाजलाई एकताबद्ध गर्न सहयोग पुग्ने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले खेलकुद खेलमा मात्रै सीमित नभइ समाजलाई एकताबद्ध गराउने माध्यम भएको उल्लेख गरे । उनले खेलकुदलाई उत्साहजनक रुपमा लिनुपर्ने र यसको प्रवर्द्धनमा जोड दिनुपर्ने आवश्यकता भएको बताए ।
महानायक हमालले ठूला राष्ट्रहरू अन्तर्राष्ट्रिय स्तरका खेलहरूको आयोजना गर्न तँछाडमछाड गर्नुका कारण देशको अर्थतन्त्र, राजनीतिक चुनौती र सामाजिक कुरालाई सन्तुलन बनाइराख्न पनि भूमिका खेल्ने बताए ।
महानायक हमालले खेलकुद र खेलाडीको मुख्य उद्देश्य भनेकै अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउनु रहेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया