खेलकुद

जोकोभिचले २०२३ को अस्ट्रेलियन ओपन खेल्न पाउने

इकागज |
कात्तिक ३०, २०७९ बुधबार १३:५८ बजे

काठमाडौँ- सर्वियन टेनिस स्टार नोभाक जोकोभिचले सन् २०२३ मा हुने अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न पाउने भएका छन् । अस्ट्रेलियन सरकारले भिसामाथिको प्रतिवन्ध फुकुवा गरेपछि जोकोभिचले अस्ट्रेलियन ओपन खेल्न पाउने भएको बीबीसीले जनाएको छ ।

कोभिडविरुद्धको खोप नलगाएका कारण गत जनवरीमा जोकोभिचलाई अस्ट्रेलियाको विमानस्थलबाट पक्राउ गरी डिपोर्ट गरिएको थियो ।


साथै अस्ट्रेलियन सरकारले उनीमाथि अस्ट्रेलिया प्रवेशमा तीन वर्षको रोक समेत लगाएको थियो ।

तर अस्ट्रेलियको अध्यागमन मन्त्री एन्ड्रयूज गिल्सले जोकोभिचमाथिको प्रतिवन्ध फुकुवा गरिएको र उनलाई भिसा दिने तयारी भएको जनाएका छन् ।


Author

थप समाचार
x