खेलकुद

नेपालद्वारा युएई पराजित, सिरिज बराबरीमा

इकागज |
कात्तिक ३०, २०७९ बुधबार १६:११ बजे

काठमाडौँ- नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) बीचको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज १-१ बराबरीको अवस्थामा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेल नेपालले ३ विकेटले जितेपछि खेल बराबरीको अवस्थामा पुगेको हो । अब शुक्रबार हुने तेस्रो खेलबाट सिरिज विजेताको टुंगो लाग्नेछ ।

युएईले दिएको १ सय ९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर पुरा गर्‍यो ।


नेपालका लागि गुल्सन झाले ३७ रन, कुशल भुर्तेलले ३५ रन तथा ज्ञानेन्द्र मल्लले २६ रन जोडे । आरिफ शेखले ३३ रन बनाए । युएईका रोहन मुस्तफाले ३ तथा हजरत विलाल २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएई ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ९१ रन जोड्यो ।

युएईका लागि ओपनर मुहम्मद वासिमले ४६ बलमा ३ चौका र ४ छक्काको मदतमा ५० रन जोडे । अलिसा सराफुले ३५, भृत्य अरविन्दले २५, बसिल हमिदले २४ तथा कप्तान चुन्डागापोयिल रिजवानले २२ रन बनाए ।

नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले समान ३-३ विकेट लिए । करण केसी, गुल्सन झा, दिपेन्द्र सिंह ऐरी तथा कुशल भुर्तेलले एक-एक विकेट लिए ।

यसअघि पहिलो खेल युएईले ८४ रनले जितेको थियो ।


Author

थप समाचार
x