१४ वर्षपछि हरायाे नेपालले पाकिस्तानलाई
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानमाथि गर्विलाे जित निकालेकाे छ । दशरथ रंगशालामामा भएकाे मैत्रीपूर्ण खेलमा बुधबार पाकिस्तानलाई १–० ले हराउँदै नेपाल विजयी भएकाे हाे । आज नेपाललाई जित दिलाउन अञ्जन बिष्टले खेलको ८३ औँ मिनेटमा गोल गरे । त्याे गाेल नै खेलकाे निर्णायक गाेल बन्याे ।
पाकिस्तानलाई अन्तर्राष्ट्रिय फुटबलमा नेपालले १४ वर्षपछि जितेकाे हाे । पछिल्लोपटक पाकिस्तान नेपालसँग सन् २००८ मा हारेकाे थियाे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया