खेलकुद

अमेरिका र इंग्ल्याण्डकाे बराबरीले अन्तिम १६ का लागि अब दुवैलाई चुनाैती

इकागज |
मंसिर १०, २०७९ शनिबार २:४५ बजे

काठमाडौं–कतारमा जारी विश्वकप २०२२ अन्तर्गत समूह चरणको खेलहरु भइरहेका छन् । सबै टालीले कम्तीमा एक् खेल खेलिसकेको अवस्था छ । अहिले समूह बी अन्तर्गत अमेरिका र इंग्ल्याण्डले बराबरी खेलेका छन् ।

खेल गोलरहित बराबरीमा टुंगिएको हो । दुवै टोलीले आक्रामक खेले पनि कुनैतर्फबाट गोल हुन सकेन ।


समूह बी मा सबै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । इंग्ल्याण्ड ४ अंकसहित शीर्षस्थानमा छ । दुई खेल खेलेको इरान दोस्रोमा हुँदा एब खेल खेलेको अमेरिका तेस्रो र दुई खेल खेलेको वेल्स पुछारमा छ । दोहोरो खेल खेलेका इरान र वेल्स हुन् । शुक्रबार साँझ भएको सो यी दुई बीचको खेलमा इरानले जित निकाल्दा यसअघि बराबरी खेलेको वेल्स एक अंकका साथ पुछारमा रहेको हो ।

अमेरिका र इंग्ल्याण्डको खेलमा इंग्ल्याण््डले जिते समूहको शीर्षमा रहँदै स्पष्ट ६ अंक उसले बटुल्ने थियो त्यस्तो हुँदा अन्तिम १६ का लागिसमेत ढोका खुल्ने सम्भावनाको नजिक पुग्ने थियो । तर, अब यो समीकरणमा मात्रै सिमित बनेको छ । उसको गोलअन्तर पनि माथि छ । यदि यसलाई अंंकले भेटेमा इरानको मात्रै सम्भावना हुने थियो । आजको खेल बराबरी हुँदा अन्तिम १६ का लागि कठिन बनेको हो । अब यो समूहबाट समूह चरणको अन्तिम खेलले निर्धारण गर्ने निश्चित बनेको छ ।  


Author

थप समाचार
x