खेलकुद

नेपाल र इराकबीच मैत्रीपूर्ण खेल !

इकागज |
बैशाख १३, २०७८ सोमबार १३:२६ बजे

काठमाडौँ : एसियाली फुटबलमा खाडी मुलुक बलिया छन् । एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता एएफसी एसियन कपको १७ संस्करण आयोजना हुँदा नौ पटक खाडी क्षेत्रका टिम च्याम्पियन बनेका छन् । च्याम्पियन बन्ने सूचीमा इराक पनि पर्छ । 

त्यही इराकले नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बताएको छ । सन् २००७ को एएफसी कप जितेको इराकले आफ्नो फेसबुक पेजमा आउँदो मेमा नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बताएको हाे । 


नेपाल जस्तै विश्वकप २०२२ र एसियन कप २०२३ छनौट खेलिरहेको इराकले नेपालसँग बासरा रंगशालमा खल्ने जानकारी दिएको छ । यद्यपि अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने यसबारेमा केही बताएको छैन । इराकबाट प्रस्ताब भने आएको र छलफल भइरहेको बताइएको छ । 

विश्वकप तथा एसियन कप छनौटको समूह बीमा रहेको नेपाल पाँच खेलबाट तनि अंक बनाउँदै पाँचौँ स्थानमा छ । नपालले अब अस्टे«लिया, जोर्डन र चाइनिज ताइपेइसँगको खेल कुवेतमा खेल्नेछ । 

उता इराक समूह सीको पहिलो स्थानमा छ । पाँच खेलबाट ११ अंक बटुलेको इराकले अब इरान, कम्बोडिया र हङकङसँग एक–एक खेल खेल्नेछ । ती सबै खेल बहराइनमा हुनेछन् । 


 

منتخبنا الوطني يلاعب النيبال ودياً تحضيراً للتصفيات المزدوجة تلقت الهيأة التطبيعية كتاباً رسمياً من الاتحاد النيبالي...

Posted by ‎الاتحاد العراقي لكرة القدم - Iraq Football Association‎ on Sunday, 25 April 2021


Author

थप समाचार
x