खेलकुद

यु २३ भलिबल : नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित

इकागज |
पुस ७, २०७९ बिहीबार १९:६ बजे

काठमाडाैं । नेपाली यु २३ भलिबल टोली बंगलादेशको राजधानी ढाकामा भएको साभा भलिबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा पराजित भएको हो ।

पहिलो सेट २६-२४ ले गुमाएको नेपाली टोलीले दोस्रो सेट २५-२२ ले गुमाएको हो । नेपालले अन्तिम सेट २५-२१ ले गुमायो । बिहीबारदेखि सुरु भएको च्याम्पियनसिप ११ सम्म चल्नेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ ।


नेपालले च्याम्पियनसिपको दोस्रो खेलमा पुष ८ गते श्रीलंकासँग खेल्दा पुस ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ ।


Author

थप समाचार
x