यू-२३ पुरुष भलिबलमा नेपालले भोग्यो लगातार दोस्रो हार
काठमाडौँ- बंगलादेशमा जारी काभा यू-२३ पुरुष भलिबल च्याम्पियनसीप भलिबलमा नेपालले लगातार दोस्रो हार भोगेको छ । शुक्रबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध पराजय भोगेको हो ।
श्रीलंकाले नेपाललाई सोझो सेटमा पराजित गर्यो । श्रीलंकाले पहिलो सेट २६-२४ जित्दा दोस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट श्रीलंकाले २५-१७ ले जित्यो ।
बिहीबार पहिलो खेलमा नेपालले आयोजक बंगलादेशसँग पनि सोझो सेटमा पराजय भोगेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया