खेलकुद

सूर्य नेपाल इस्टर्न ओपन गल्फ मंगलबारबाट धरानमा

इकागज |
पुस १०, २०७९ आइतबार १५:४० बजे

काठमाडौँ- सूर्य नेपाल इस्टर्न ओपन गल्फ धरानमा मंगलबारबाट सुरु हुने भएको छ । धरान गल्फ क्लबमा आयोजना हुने इस्टर्न ओपन बिहीबारसम्म सञ्चालन हुने नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दिपक आचार्यले आइतबार आयोजिक पत्रकार सम्मेलनमा जानकारी गराए ।

सूर्य नेपाल गल्फ टूर अन्तर्गतको प्रतियोगिता ५४ होलमा खेलाइनेछ । आचार्यका अनुसार प्रतियोगितामा कम्तिमा पनि ३५ प्रोफेसनल तथा १५ एमेच्योर गल्फरको सहभागिता रहनेछ ।


प्रतियोगिताको अन्त्यमा प्रोफेसनल तथा एमेच्योर गल्फरले टिममा खेल्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशी ८ लाख रहेको छ । जसमध्ये विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार तथा तेस्रो हुनेले ६७ हजार पाउनेछन् । त्यसैगरी, शीर्ष २१ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउने आचार्यले बताए ।

एसोसिएसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले सूर्य नेपाल गल्फ टूर अन्तर्गतको यो दोस्रो प्रतियोगिता भएको जानकारी गराए ।


Author

थप समाचार
x