खेलकुद

नेपाल पराजित

इकागज |
पुस १०, २०७९ आइतबार २१:३७ बजे

फाइल फोटो

काठमाडौँ - बंगलादेशमा जारी बंगबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेपाल पराजित भएको छ ।

ढाकामा भएको खेलमा नेपाललाई आयोजक बंगलादेशले ०–३ को सोझो सेटमा हराएको हो । बंगलादेशले नेपाललाई पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र  तेस्रो सेट २५–१३ ले हराएको हो ।


अब बङ्गलादेशले उपाधिका लागि किर्गिस्तानसँग खेल्नेछ । पराजित नेपालले भने अब तेस्रो स्थानका लागि श्रीलंकासँग खेल्नेछ । च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ । 
 


Author

थप समाचार
x