खेलकुद

यू-२३ भलिबलः नेपाल पाँचवटै खेलमा पराजित

इकागज |
पुस ११, २०७९ सोमबार १२:३८ बजे

काठमाडौँ- बंगलादेशमा जारी बंगबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसीपअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा पनि पराजित भएको छ । तेस्रो स्थानका लागि सोमबार भएको खेलमा नेपालले श्रीलंकासँग पराजित भएको हो । श्रीलंकाले नेपाललाई ३-२ को सेटमा पराजित गर्‍यो ।

नेपालले पहिलो सेट २५-२२ जिते पनि श्रीलंकाले दोस्रो सेट २५-१९ तथा तेस्रो सेट २५-१९ ले आफ्नो पक्षमा पार्‍यो । नेपालले चौथों सेट भने २५-२० जित्यो । तर पाँचौं तथा अन्तिम सेट श्रीलंकाले १५-१० जितेपछि च्याम्पियनसीपमा नेपालले पाँचवटै खेल हार्‍यो ।


यसअघि नेपालले समूह चरणका तीन तथा सेमिफाइनल खेलमा पनि पराजय भोगेको थियो । ​च्याम्पियनसीपमा बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ ।


Author

थप समाचार
x