राखेपविरुद्धको रिटमा लिखित जवाफ माग
फाइल फोटो
काठमाडौँ - नेपाल तेक्वान्दो संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता खारेजीविरुद्ध दिएको रिट निवेदनमा उच्च अदालत पाटनले कारणसहित लिखित जवाफ माग गरेको छ । न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको इजलासले आज कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको हो ।
तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्सहित पाँच संस्थालाई विपक्षी बनाएर शुक्रबार रिट निवेदन दायर गरेकी थिइन् । अदालतले लिखित जवाफका साथै दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
राखेपले विवादित भनिएका नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको दर्ता खारेज गरी नेपाल तेक्वान्दो महासंघ गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अदालतमा रिट निवेदन दायर भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया