खेलकुद

पोखराको जितमा नायक बने नवयुग

इकागज |
बैशाख १५, २०७८ बुधबार २०:३ बजे

काठमाडौँ : काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) मा बुधबार पोखरा थन्डर्सले विराटनगर सिटी एफसीलाई १-० ले पराजित गरेको छ । खेलको एक मात्रै गोल नवयुग श्रेष्ठले गरे । जितसँगै पोखराले लिगमा पहिलो पटक तीन अंक बटुल्यो । 

लिगको पहिलो खेलमा बुटवल लुम्बिनी एफसीसँग हारेको पोखरालाई जिताउन नवयुगले ८३ औँ मिनेटमा हेडर गोल गरेका थिए । पहिलो खेलमा धनगढी एफसीलाई पराजित गरेको विराटनगरले दोस्रो खेलमा सन्तोषजनक खेल देखाउन सकेन । 


बुधबार दुई खेल भएसँगै एनएसएलमा दोस्रो चरणका खेल सकिएका छन् । बिहीबार एक खेल हुनेछ । जसमा ललितपुर एफसी र धनगढी एफसी आमनेसामने हुनेछन् । ललितपुरले लिगमा जित दर्ता गर्न सकेको छैन । उता धनगढीले दुई खेलमध्ये एकमा जित हासिल गरेको छ । 


Author

थप समाचार
x