खेलकुद

२०३६ को ‌ओलम्पिक आयोजनाका लागि भारत गम्भीर छः मन्त्री ठाकुर

इकागज |
पुस १३, २०७९ बुधबार १४:० बजे

काठमाडौँ- भारतका खेलकुद मन्त्री अनुराग ठाकुरले सन् २०३६ को ओलम्पिक गेम्स आयोजनाका लागि भारत गम्भीर रहेको बताएका छन् । उनले भारतले गम्भीर रुपमा २०३६ को ओलम्पिकका लागि ‘बिड’ अर्थात बोलकबोल गर्ने जनाएको रोयटर्सले उल्लेख गरेको छ ।

ठाकुरले यसअघि भारतले एसियन गेम्स तथा कमनवेल्थ गेम्स आयोजना गरिसकेकाले ओलम्पिक आयोजनाका लागि उपयुक्त समय आएको बताए । उनले निर्माणदेखि सेवा क्षेत्रमा भारतले चर्चा कमाइरहेको समयमा खेलकुद क्षेत्रमा पनि चर्चा कमाउन सक्ने दाबी गरे ।


फ्रान्सले सन् २०२४, अमेरिकाले सन् २०२८ तथा अस्ट्रेलियाले सन् २०३२ को ओलम्पिक आयोजना गर्ने सुनिश्चित भइसकेको छ ।

इन्टरनेसनल ओलम्पिक कमिटी (आईओसी) ले सन् २०३६ को ओलम्पिक आयोजनका लागि १० सहरका लागि छलफल गरिरहे पनि आयोजक राष्ट्र कहिले घोषणा गरिने भन्ने समयसीमा तोकेको छैन ।

ठाकुरका अनुसार गुजरातले ओलम्पिक आयोजनाका लागि चासो देखाइरहेको र त्यहाँ पूर्वाधार समेत रहेको दाबी गरे ।

इन्डोनेसिया, दक्षिण कोरिया र कतारले पनि ओलम्पिक आयोजनाका लागि तयारी गरिरहेको बताइएको छ ।


Author

थप समाचार
x