हिजाब नलगाएरै इरानी खेलाडीले खेलिन् अन्तर्राष्ट्रिय चेस
काठमाडौँ- एक इरानी चेस महिला खेलाडीले अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा हिजाब नलगाएरै सहभागिता जनाएकी छन् । पछिल्लो समय सरकारविरुद्धको प्रदर्शनस्वरुप इरानी महिला खेलाडीहरुले हिजाब प्रयोग गर्न अस्वीकार गरिरहेको रोयटर्सले जनाएको छ ।
गत सेप्टेम्बरमा प्रहरी हिरासतमा २२ वर्षीया युवती माहसा अमिनीको निधन भएपछि इरानमा देशव्यापी रुपमै सरकारविरुद्धको आन्दोलन चलिरहेको छ । अमिनीले लगाएको लुगा अनुपयुक्त भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
इरानी महिलालाई विश्वव्यापी रुपमै हिजाब लगाउनुपर्ने प्रावधान छ । तर सारा खाडेमले कजाखस्तानमा भएको फिडे विश्व र्यापिड तथा ब्लिज चेस च्याम्पियनसीपका क्रममा हिजाब नलगाएरै सहभागिता जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसअघि कतारमा भएको फिफा विश्वकप फुटबलमा समेत इरानका पुरुष टिमले खेलका क्रममा इरानको राष्ट्रिय गान गाउन अस्वीकार गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया