स्पेनको टिमले गण्डकी ११ लाई हरायो
पोखरा । नेपाल भ्रमणमा आएको स्पेनिस फुटबल क्लब काथेरेन्यो सिपीले गण्डकी ११ टिमलाई हराएको छ । बुधबार पोखरा रंगशालामा भएको खेलमा काथेरेन्योले गण्डकीलाई ३–० ले पराजित गरेको हो ।
‘शान्तिका लागि फुटबल’ नाराका साथ दुई मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको काथेरेन्याले सुखद् सुरुवात गरेको हो । काथेरेन्याको जितमा कार्मेलो मोरा, मिगुएल एन्जल कारिलेरो गोन्जालेज र बर्मुले गोल गरे । खेलको २३औं मिनेटमा कार्मेलो मोराले गोल गर्दै स्पेनिस टोलीलाई अग्रता दिलाए । २९ औं मिनेटमा मिगुएल एन्जल कारिलेरो गोन्जालेजले गोल गर्दै अग्रता २–० को बनाए । खेलको ८९ औं मिनेटमा बर्मुले तेस्रो गोल गरे ।
कास्की जिल्ला फुटबल संघसँगको समन्वयमा लुम्बिनी गार्डेन फाउन्डेसनले आयोजना गरेको खेलमा स्थानीय टोलीको कप्तानी नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले गरेका थिए । राजेन्द्र तामाङको प्रशिक्षणमा रहेको टोलीबाट गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया