खेलकुद

बिच भलिबलमा नेपाल उपविजेता

इकागज |
पुस १५, २०७९ शुक्रबार १२:५१ बजे

काठमाडौँ- नेपालको पुरुष टिमले बंगलादेशमा भएको सीएभीए बिच भलिबल प्रतियोगितामा रजत पदक हात पारेको छ । बंगलादेशमा शुक्रबार बिहान भएको फाइनलमा माल्दिभ्ससँग २-० को सेटमा पराजित भएपछि नेपाल रजत पदकमा सिमित भएको हो ।

नेपालका लागि मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले प्रतिस्पर्धा गरेको थियो । फाइनलमा माल्दिभ्सले नेपाललाई २१-१३ र २१-१९ ले पराजित गर्‍यो । उपविजेता बनेको नेपाली टिमका खेलाडीले ३ सय ५० अमेरिकी डलर पाए ।


महिलातर्फ कोपिला उप्रेती र कमला पुनको जोडी पनि फाइनलमा श्रीलंकाको टिमसँग २-० को सेटमा पराजित हुँदै उपविजेता बनेको थियो ।


Author

थप समाचार
x