खेलकुद

च्याम्पियन्स लिग सफलताको नजिक ‘ओभर थिङ्कर’ पेप ग्वार्डिओला

इकागज |
बैशाख १६, २०७८ बिहीबार १३:१७ बजे

काठमाडौँ: च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बुधबार राती म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हरायो । त्यो पनि ६० मिनेट भन्दा बढी समयपछि परेको अवस्थालाई उल्टाउदै । 

मार्किनोसले खेलको १५औँ मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा सिटीले सात मिनेट भित्र दुई गोल फर्कायो । गोल गरे पहिलो एघारमै परेका खेलाडीले । ६४ औँ मिनेटमा केभिन डे ब्रुएनाले पहिलो गोल फर्काए । त्यसपछि गोल गर्ने पालो थियो रियाद माहरेजको । 


‘अवे’ खेलमा जित दर्ता गरेपछि सिटीको फाइनल प्रवेश सम्भावना बलियो बनेको छ । सिटीले च्याम्पियन्स लिगमा सेमिफाइनल भन्दा परको यात्रा गर्न सकेको छैन । यसपटक फाइनल पुगे त्यो स्वत ऐतिहासिक सफलता दहरिनेछ । उता पेप ग्वार्डिओलाले पनि राहत महसुस गर्नेछन् । किनभने उनको नेतृत्वमा सिटीले च्याम्पियन्स लिगमा अहिले सम्म क्‍वार्टरफाइनल नै कट्न सकेको थिएन । 

फुटबलमा ग्वार्डिओला मास्टरमाइन्ड भएको तथ्य लुकेको छैन । तर उनलाई पटक पटक आरोप लाग्ने गरेको छ, ‘ठूला टिमसँग भिड्दा ग्वार्डिओला बढी सोच्छन्,’। अंग्रेजीमा भन्दा, ग्वार्डिओला ‘ओभर थिङ्कर’ हुन् । जसका कारण सजिलै जितिने खेलमा पनि सिटी पछाडि परिरहेको हुन्छ । तर पीएसजीसँगको खेलका लागि भने ग्वार्डिओलाले कठिन रणनीति बनाएनन् । 

पीएसजीविरुद्ध ग्वार्डिओलाले बलियो पहिलो एघार छनौट गरे । पहिलो रोजाईका खेलाडीहरुलाई मौका दिए । रणनीतिले पनि काम ग¥यो । अनि महत्वपूर्ण जितका साथ सिटी पेरिसबाट म्यानचेस्टर फर्कियो । ‘हामीले आफ्नो शैली छाडेनौँ । तनाव पनि लिएनौँ । पहिलो हाफमा हाम्रो खेल सामान्य थियो । दोस्रो हाफमा हामी बढस् आक्रमक भयौँ,’ खेलपछि ग्वार्डिओलाको प्रतिक्रिया थियो । 

पहिलो लेगको जितबाट सिटी ढुक्क हुने स्थितीमा भने छैन । किनभने पीएसजीले घरमा भएका च्याम्पियन्स लिग खेलहरु हारे पनि ‘अवे’ खेलहरुमा बलियो देखिएको छ । त्यसैले पनि पीएसजीले इतिहादमा नतिजा नउल्टाउला भन्न सकिन्न । यद्यपि च्याम्पियन्स लिगका पछिल्ला ४७ संस्करणमा पहिलो लेग जितेको कुनै पनि इंग्लिस टोली प्रतियोगिताको नकआउट चरणबाट बाहिरिएका छैनन् ।

घरेलु मैदानमा पीएसजले पहिलो हाफमा गज्जब खेल्यो । नेयमार र आङ्खेल डि मारिया र किलियान एमबाप्पेको साझेदारीले सिटीको रक्षापंक्तिलाई आराम गर्ने मौका दिएन । इतिहादमा पएिसजीका यी तीन स्टारले फेरी त्यही स्तरको खेल दोहो¥याउने हो भने सिटी दबाबमा पर्नेछ । 

उता सिटी भने तनावबाट मुत्त रहने प्रयासमा हुनेछ । पछिल्लो समय ठूला टिमविरुद्धको खेल दौरान ग्वार्डिओला चिन्नतित देखिन छाडेका छन् । त्यसकारण ग्वार्डिओलाले पीएसजीसँगको खेललाई सहज रुपमा लिनेछन् । र, आफ्नो रणनीतिलाई कठिन नबनाई पीएसजीलाई हराउने धेयमा हुनेछन् । 


 


Author

थप समाचार
x