आहा रारा पोखरा गोल्डकप : मनाङलाई हराउँदै अमेरिकाकाे बिवाईएससी सेमिफाइनल प्रवेश
पाेखरा । अमेरिकाको भुटनिज युथ सकर क्लब २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरा रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलले हराउँदै भुटनिज युथ सकर (बिवाईएससी) सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफमा प्रविन बस्नेतले गरेको गोल नै मनाङको हारमा निर्णायक बन्यो । १७ औं मिनेटमा उनले पेनाल्टी क्षेत्र भित्रबाट डिफेन्स र गोलरक्षकलाई बिट गरेको प्रहार गोलमा परिणत भएको थियो । नयाँ स्वरूपमा घरेलु खेलाडीसहित उत्रिएको आहा रारामा सर्वाधिक सफल मनाङले सुखद सुरुवात गर्न सकेन ।
भुटनिज युथ सकरले सेमिफाइनलमा चर्च ब्वाइजसँग खेल्नेछ । बुधबार पहिलो सेमिफाइनलमा नेपाल एपीएफ क्लब र संकटा क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया