आहा रारा पोखरा गोल्डकप : चर्च ब्वाइजलाई हराउँदै भुटनीज क्लब फाइनलमा
पोखरा- अमेरिकाको भुटनीज युथ सकर क्लब (बिवाईएससी) २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनल पुगेको छ ।
पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले हराउँदै भुटनीजले फाइनलमा स्थान बनाएको हो । १० खेलाडीमा सीमित चर्च ब्वाइजलाई हराउन भुटनीजका रोजिन प्रजापतिले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरे । प्रजापति नै खेलमा म्यान अफ दी म्याच चुनिए ।
खेलको ८४ औं मिनेटमा आशिष चौधरीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा चर्च ब्वाइज १० खेलाडीमा समेटिएको थियो । एपीएफलाई हराउँदै फाइनलमा स्थान पक्का फाइनल पुगेको संकटासँग उपाधिका लागि बिवाईएससीले प्रतिस्पर्धा गर्ने छ । फाइनल खेल शनिबार पोखरा रंगशालामा हुनेछ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ पाउने छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया