खेलकुद

विश्व नम्बर एक कार्लोसले अस्ट्रेलियन ओपन गुमाउने

इकागज |
पुस २३, २०७९ शनिबार ९:३३ बजे

काठमाडौँ- विश्व नम्बर एक टेनिस खेलाडी कार्लोस अल्काराजले अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता गुमाउने भएका छन् । अभ्यासका क्रममा घाइते भएपछि कार्लोसले अस्ट्रेलियन ओपन गुमाउने भएको बीबीसीले जनाएको छ ।

प्रि-सिजन अभ्यासका क्रममा १९ वर्षीय स्पेनिस खेलाडी कार्लोसको खुट्टामा समस्या देखिएको थियो । गत सेप्टेम्बरमा कार्लोसले युएस ओपनको उपाधि जितेका थिए ।


पहिलो पटक ग्रान्ड स्लाम जितेका कार्लोसले १९ वर्षकै उमेरमा विश्व नम्बर एक बन्ने कीर्तिमान कायम गरेका थिए । कार्लोसले अस्ट्रेलियन ओपन अघि कुयोङ क्लासिकमा सहभागिता जनाउने योजनामा रहेका थिए ।

उनको अनुपस्थितिसँगै साविक विजेता राफायल नाडाल अस्ट्रेलियन ओपनमा सहभागी हुने शीर्ष वरीयताका खेलाडी हुनेछन् ।


Author

थप समाचार
x