मुम्बई म्याराथनमा ५५ हजार धावकले सहभागिता जनाउने
काठमाडौँ- भारतको मुम्बईमा जनवरी १५ तारिखमा आयोजना हुने टाटा मुम्बई म्याराथनमा ५५ हजार भन्दा बढी धावकले सहभागिता जनाउने भएका छन् ।
आईएएनएसले जनाएअनुसार कोभिड-१९ पछि पहिलो पटक पूर्णरुपमा हुन लागेको म्याराथनमा ५५ हजार भन्दा बढी धावकले सहभागिता जनाउने भएका हुन् ।
४ लाख ५ हजार अमेरिकी डलर पुरस्कार राशी रहेको मुम्बई म्याराथन विश्वकै शीर्ष १० म्याराथनभित्र पर्ने जनाइएको छ ।
म्याराथनमा विश्वका चर्चित धावकहरुको सहभागिता रहने छ । १०० मिटर दूरीका विश्व च्याम्पियन जमैकाका योहान ब्लेक इन्टरनेसनल इभेन्ट एम्बेडरका रुपमा रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया