खेलकुद

इंग्लिस प्रिमियर लिग : केन्द्रमा म्यानचेस्टर सहरका दुई क्लब

इकागज |
बैशाख १८, २०७८ शनिबार ६:२४ बजे

काठमाडौँ : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शनिबार क्रिस्टल प्यालेसको सामना गर्दैछ । प्यालेसलाई हराए सिटी प्रिमियर लिग च्याम्पियन बन्‍नेछ । तर त्यसका लागि शर्त छ । त्यो भनेको, आइतबार लिभरपुलले दोस्रो स्थानका म्यानचेस्टर युनाइटेडलाई पराजित गर्नुपर्नेछ । अन्यथा पेप ग्वार्डिओला र उनका खेलाडीहरूले अर्को एक साता पर्खनुको विकल्प छैन । 

सिटीले पछिल्ला तीन सिजनमा दुई पटक लिग जितेको छ । यस पटक पनि सिटीको लिग माथिको कब्जा पक्का हो । ग्वार्डिओलाले तेस्रो पटक प्रिमियर लिग त जिछन् नै । च्याम्पियन्स लिग र लिग कप जित्ने सम्भावना पनि जिवितै छ । सिटीले आउँदो साता पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्ने तालिका छ । त्यसकारण, सिटीले प्यालेससँगको खेलमा टिम छनौट गर्दा ग्वार्डिओलाको ध्यान पीएसजीसँगको भिडन्ततर्फ पनि रहनेछ । यद्यपि सिटीसँग पर्याप्त प्रतिभाशाली खेलाडी भएकाले ग्वार्डिओला तनावमा रहने छैनन् ।  


पीएसजीसँगको खेलमा बेन्चमा रहेका रहिम स्र्टलिङ, ग्राबयिल जेजस, सर्जियो अग्वेरो, फेरान टोरेस लगायतका खेलाडीले प्यालेसविरुद्धको खेलमा मौका पाउने छन् । यी खेलाडी सम्मिलत सिटीको पहिलो एघारले प्यालेसलाई सजिलै हराउने अपेक्षा गरिएको छ । फेरि 

प्यालेसले हाल देखाइरहेको लय खराब छ । प्यालेसले पछिल्ला सात खेलमा जम्मा एक जित हासिल गरेको छ ।  सिटीले प्यालेसलाई हराए, सबैको नजर युनाइटेडमाथि हुनेछ । जसले पराम्पारिक प्रतिद्वन्द्वीको सामना गर्नेछ । गत सिजन च्यामिपयन बनेको लिभरपुल यस पटक शीर्ष चारमा पर्न पनि संर्घषरत छ । युनाइटेडले आफ्नो पुरानो प्रतिद्वन्द्वीलाई हराए सिटीको च्याम्पियन बनेको घोषणा एक साता पर धकेलिनेछ । त्यसबाहेक, लिभरपुलको शीर्ष चारमा पर्ने आशा पनि धराशयी बन्‍नेछ । 

अंक तालिका हेर्दा लिभरपुलको अवस्था स्पष्ट छ । युनाइटेडविरुद्धका खेलबाट योर्गन क्लप तीन अंक बटुल्न चाहन्छन् । हुन पनि, त्यस खेलमा युनाइटेड भन्दा लिभरपुललाई विजयी बन्‍न जरुरी छ । लिभरपुल चौँथो स्थानको चेल्सी भन्दा चार अंकले पछाडि छ । चेल्सीले फुलहमलाई हराए उसको र लिभरपुलबीचको दुरी झन् बढनेछ । त्यसकारण क्लपलका लागि युनाइटेडबाट तीन अंक खोस्नु एउटै लक्ष्य हो ।

गत सिजन लिभरपुलका लागि विशेष रह्यो । उसले लिग त जित्यो नै, युनाइटेडलाई पनि निकै पछाडी पार्‍यो । युनाइटेड शीर्ष चारमा रहे पनि लिभरपुलको भन्दा ३३ अंकले पछि तल रह्यो । एक सिजन पछि युनाइटेड फरक अवस्थामा छ । ओले गनर सोल्स्यारले युनाइटेडलाई लिग उप-विजेता बनाउँदा त्यो टिमका लागि उल्लेख्य उपलब्धि ठहरिनेछ । किनेभने एलेक्स फर्गुसनले सन्यास लिएपछि युनाइटेड एक पटक मात्रै लिग उप-विजेता बन्‍न सकेको छ । 

उता चेल्सीले पनि यो सिजन उतारचडाब भोगेको छ । फ्रान्क लाम्पार्ड बर्खास्तीमा परे । अनि आइपुगे थोमस टुचेल । जसले लन्डन क्लबमा देखिएका समस्यालाई समाधान गर्ने कोसिस गरेका छन् । शीर्षचारको दौडमा रहेको चेल्सीले च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ । उसको प्रतिद्वन्द्वी छ, रियल म्याड्रिड । प्रिमियर लिगमा फुलहमको चुनौति सामना गरेपछि चेल्सीले रियललाई आतिथ्यता प्रदान गर्नेछ । 

चेल्सीले गत साता लन्डनकै अर्को क्लब वेस्टह्यालाई हराएको थियो । पाँचौँ स्थानको वेस्टह्याममाथि जित दर्ता गरेपछि हौसिएको चेल्सीका लागि आउँदा खेलहरू भने सजिलो रहने छैन । चेल्सीले सात दिन भित्र सिटी, लेस्टर र आर्सनलसँग खेल्ने तालिका छ । कुनै पनि खेलमा अंक गुमाए चेल्सीमाथि वेस्टह्याम र लिभरपुलको दबाब बढ्नेछ । ती दुबै क्लब शीर्ष चारमा पर्ने लक्ष्यमा छन् । 

प्रिमियर लिगका अन्य खेलमा टोटनहमले रेलिगेसनमा परिसकेको सेफिल्ड युनाइटेडको सामना गर्नेछ भने एभरटन एस्टन भिल्लासँग भिड्नेछ । त्यस्तै, तेस्रो स्थानको लेस्टर सिटी साउथह्याप्टनसँग खेल्नेछ । 


Author

थप समाचार
x