बागमती गोल्डकप : मकवानपुरलाई हराउँदै संकटा फाइनलमा
मकवानपुर- संकटा क्लब मकवानपुरमा जारी पाँचौ बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा संकटाले मकवानपुर –११ लाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
संकटाका लागि खेलको पहिलो हाफको १६ औ र दोस्रो हाफको १७ औं मिनेटमा एण्डिभ थेरी वियेकले १/१ गोल गरेर जीत सुनिश्चित गरेका थिए । आजको खेलको म्यान अफ दि म्याच संकटाकै एण्डिभ थेरी वियेक भएका छन् । उनले नगद पाँच हजार प्राप्त गरेका छन् ।
संकटाले भुटनीज युथ स्पोर्टस् क्लबसंग माघ ३ गते फाइनल खेल खेल्नेछ । शनिबारको पहिलो सेमिफाइनल खेलबाट भुटनिज युथले जावलाखेल युथलाई १–० गोलअन्तरले हराउदै फाइनल यात्रा तय गरेको हो ।
बागमती–८ स्थित जनता माविको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल माघ ३ गते हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ८ लाख रुपैयाँ र उपविजेता टिमले नगद ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक बागमती खेलकुद विकास समितिले जनाएको छ । राष्ट्रिय, स्थानीय तथा अन्तर्राष्ट्रिय गरी प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया