बागमती गोल्डकपकाे उपाधि भुटनिज युथ स्पोर्टसलाई
मकवानपुर- मकवानपुरकाे बागमती गाउँपालिकामा भएकाे पाँचौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता,२०७९ को उपाधिमा भुटनिज युथ स्पोर्टसकाे कब्जा जमाएकाे छ । बागमती गाउँपालिका–८ स्थित जनता मावि खेल मैदानमा मंगलबार भएकाे फाइनल खेलमा संकट क्लब काठमाडाैँलाई टाइब्रेकरमा ८–७ गोलअन्तरले पराजित गर्दै अमेरिकन क्लब भुटनिज च्याम्पियन बनेकाे हो ।
खेलकाे निर्धारित समय २–२ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउट टाइब्रेरमा धकेलिएकाे थियाे । निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरी भएपछि अतिरिक्त समय नखेलाई खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको हो । निर्धारित समयको पहिलो हाफमै दुवै टिमको तर्फबाट चार गोल भएको थियो । निकै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलको पहिलो मिनेटमै भुटनिजले अग्रता बनाएको थियो । भुटनिजका लागि प्रबिन बस्नेतले गोल गरेका थिए ।
त्यस्तै खेलको छैठौँ मिनेटमा प्रबिन बस्नेतले ब्यक्तिगत दोस्रो गोल गर्दै टोली २–० को अग्रता दिलाए । तर, त्यो अग्रता पहिलो हाफको खेलमै तोडियो । सुनिल बलले खेलको ९ र २२ औं मिनेटमा गोल गर्दै संकटालाई खेलमा फर्काए । सुनिलले पहिलो गोल हेडमार्फत गरेका थिए भने दोस्रो गोल पेनाल्टीमार्फत प्रहार गरेका हुन् ।
दोस्रो हाफको खेलमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णयका पेनाल्टी सुटआउटमा धकेलिएकाे हाे । पेनाल्टी सुटआउटमा भुट्नीजलाई उपाधि दिलाउन मिगुएल पालाफक्स, धिरज धजाली, अम्मृलिन नेएने,रिल्ये यूरे, हेक्टर ओर्टेगा, प्रविन बस्नेत, उल्स, पुजन थापा मगर गोल गरे । त्यस्तै संकटाका सुनिल बल, सरोज दाहाल, मनिष डाँगी, मेसुके, आयूष घलान, स्टीफन विनोङ्ग र कुलदीप कार्कीले गोल गर्दा सुरज ज्यू ठकुरीका प्रहार भुट्नीजका गोलरक्षक पुजन थापा मगरले बचाउ गर्न सफल भए ।
प्रतियोगिताको विजेता भुट्नीज युथले नगद ८ लाख, ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले संकटालले नगद ४ लाख रुपैयाँमा चित्त बुझाएको छ । बागमती खेलकुद विकास समितिको आयोजना भएको प्रतियोगितामा दुई घरेलु, एक विदेशी र ७ एडिभिजनसहित १० टोलीको सहभागिता रहेको थियो । पुष २४ गतेबाट प्रतियाेगिताकाे पाचाैं संस्करण सुरु भएकाे थियाे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया