एनएसएलमा धनगढीको दोस्रो जित
तस्बिर : धनगढी फुटबल क्लबको फेसबुक पेजबाट ।
काठमाडौँ: नेपाल सुपर लिग (एनएसएल) मा शनिबार धनगढी एफसीले एफसी चितवनमाथि ३-० को जित दर्ता गरेको छ । धनगढीको जितमा निशान लिम्बु, ओलावाले अफिज र बुद्व बल तामाङले एक-एक गोल गरे ।
जितसँगै धनगढी एनएसएलको शीर्षस्थानमा उक्लेको छ । धनगढीले चार खेलबाट सात अंक बनाएको छ । उता पराजित चितवनको भने तीन खेलबाट दुई अंक छ । र, अंक तालिकाको पुच्छारमा रहेको छ ।
दशरथ रंगशालामा जारी एनएसएलमा धनगढी आफ्नो पहिलो खेलमा विराटनगर सिटी एफसीसँग तीन गोल अन्तरले पराजित भएको थियाे । दोस्रो खेलमा भने धनगढीले काठमाडौँ रेजर्सलाई उही अन्तरमा हरायो । तेस्रो खलमा ललितपुर एफसीसँग एक-एक गोलको बराबरी खेलेको धनगढीले शनिबार फेरि तीन गोल गर्यो ।
धनगढीले गरेका सबै गोलमा चितवनको रक्षापंक्तिको खराब प्रतिक्रिया कारक बन्यो । धनगढीका लागि पहिलो गोल गरे निशान लिम्बुले । लेफ्ट ब्याक निशान खड्काले दिएको क्रसलाई सदुपयोग गर्दै निशान लिम्बुले ६३ औँ मिनेटमा गोलको खाता खोले । चितवनका रक्षकहरूबाट घेरिएको भए पनि निशानलाई आफ्नो टिमको पहिलो गोल गर्न कठिनाई भएन ।
पहिलो गोल भएको छ मिनेट पछि नै धनगढीले अग्रता दोब्बर बनायो । यसपटक गोल गरे अफ्रिकन स्ट्राइकर अफिजले । एनएसएलका चौँथो गोल गर्न क्रममा अफिजले निशान लिम्बुको पासलाई सदुपयोग गर्दै हेडर गोल गरे । यसपटक पनि चितवनका रक्षकहरूले धनगढीका गोलकर्तालाई मार्क गरेका थिएनन् ।
धनगढी त्यतिमै रोकिएन । ७९ औँ मिनेटमा धनगढीले तेस्रो गोल गर्यो । विङ्गर टंक बस्नेतले दिएको क्रसलाई उपयोग गर्दै अफिजले प्रहार गरे । अफिजले प्रहार गरेको बल मिडफिल्डर बुद्वको खुट्टामा पुग्यो । जसले वान टच लिँदै छाटो दुरीबाट सुन्दर गोल गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया