फुटबल फाइनलअघि भागदौड मच्चिँदा चार जनाको मृत्यु
काठमाडौँ- अरेबियन गल्फ कपको फाइनलअघि दक्षिणी इराकको बसरास्थित एक रंगशालामा भएको भागदौडमा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
बिहीबार राति भएको भागदौडका क्रममा थप दर्जनौं घाइते भएका इराकी फुटबल अधिकारीहरूले बताएको अलजजिराले जनाएको छ । घाइतेमध्ये ८० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
आठ राष्ट्रसम्मिलित प्रतियोगिताको फाइनलमा इराकले ओमानलाई ३-२ गोलअन्तरले पराजित गरेको थियो । तर फाइनल हेर्न टिकट नकाटेका हजारौ दर्शक बसरा इन्टरनेसनल स्टेडियममा पुगेका थिए ।
टिकट नभएका दर्शकहरू मैदानमा प्रवेश गर्न खोजेपछि भागदौड मच्चिएको थियो । सामाजिक सञ्जालमा राखिएका तस्बिरहरुमा हजारौ दर्शकहरू स्टेडियम बाहिर रहेको देखाएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया