खेलकुद

धावक बोल्टको खाताबाट १२.७ मिलियन अमेरिकी डलर गायब

इकागज |
माघ ७, २०७९ शनिबार ११:२६ बजे

काठमाडौँ- ओलम्पिकमा आठवटा स्वर्ण पदक जितेका धावक उसेन बोल्टको बैंक खाताबाट १२.७ मिलियन अमेरिकी डलर गायब भएको छ । बोल्टका वकिलहरुले जमैकाको एक लगानी कम्पनीमा रहेको खाताबाट उक्त रकम चोरी भएको दावी गरेका छन् ।

किंग्स्टनमा रहेको स्टक एण्ड सेक्युरिटीज लिमिटेडमा रहेको उनको खाताबाट अकल्पनीय रूपमा रकम घटेको बोल्टलाई जानकारी गराइएको थियो ।


उनका वकिल लिन्टन गोर्डनले जानकारी दिए अनुसार बोल्टको खातामा १२.८ मिलियन डलर रहेपनि अहिले केवल १२ हजार डलर बाँकी छ ।

कम्पनीले उक्त रकम फिर्ता नगरे आफूहरु अदालत जाने गोर्डनले बताए । सन् २०१७ मा अन्तर्राष्ट्रिय एथलेटिक्सबाट सन्यास लिएका बोल्टले विगत एक दशकदेखि उक्त कम्पनीबाट लगानी गरिरहेका थिए ।


Author

थप समाचार
x