खेलकुद

एसियन बक्सिङ : लाल प्रसाद र इन्द्र पराजित

इकागज |
माघ ७, २०७९ शनिबार १५:३७ बजे

काठमाडौँ- नेपालका लालप्रसाद उप्रेती र इन्द्रबहादुर सुनार थाइल्याण्डको बैंककमा जारी एएसबीसी एसियन यू-२२ बक्सिङ च्याम्पियनसीपबाट बाहिरिएका छन् । लालप्रसाद र इन्द्रबहादुर क्वार्टरफाइनल चरणबाटै बाहिरिएका हुन् ।

पुरुष ४८ केजी तौल समूहतर्फ लालप्रसादले फिलिपिन्सका दुरेन्टमार्क लेफ्चरसँग ५:० अंकका आधारमा पराजित भए । पुरुषकै ५७ केजी तौल समूहमा इन्द्रबहादुरले मंगोलियाका गन्तुमार लुण्डासँग पराजित भए ।


नेपालबाट सहभागी मुक्केबाजहरू महिला ४८ केजी तौल समूहबाट सुष्मा तामाङ, ५७ केजी तौल समूहबाट हेमा राई र ७५ केजी तौल समूहबाट त्रिशा जवेगु सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसीप २०२३ मा कम्बोडिया, चीन, इन्डोनेसिया, इराक, कजाकिस्तान, कुवेत, कीर्गिस्तान, लाओस, मलेसिया, मंगोलिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, सिंगापुर, श्रीलंका, ताजिकिस्तान, आयोजक थाइल्याण्ड, उज्वेकिस्तान र भियतनाम गरी २० देशको सहभागिता रहेको छ ।


Author

थप समाचार
x