खेलकुद

म्याच फिक्सिङ : के गरेका थिए आदिल र महबुबले ? दुवैलाई ३ वर्ष कैद सजाय हुनसक्ने

इकागज |
माघ १०, २०७९ मंगलबार १५:७ बजे

काठमाडौं– नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा स्पट फिक्सिङको आरोपमा पक्राउ परेकाहरुलाई ३ वर्ष कैद र ५० हजार जरिवाना हुन सक्ने भएको छ । लिगमा राष्ट्रिय टोलीका पूर्व सदस्य महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारीलाई सो सजाय हुनेछ ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७को दफा ३३ अनुसार सो सजाय हुन सक्ने भएको हो ।


केन्द्रीय अनुसन्धान व्यूरोकाअनुसार आलम र आदिलसहित म्याच फिक्सिङमा १० जना संलग्न रहेका छन् ।

महबुबले कम्तीमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई फिक्सिङको प्रउयास गरेको सिआइबीको दाबी छ ।

आदिलले भने उनले खेलेका खेलमा नो बल  र एउटा वाइड बल फाल्न प्रस्ताव आएकोमा सो गरेको देखिएको सिआइबीले जनाएको छ ।
उनीहरु दुवैलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो ।
 


Author

थप समाचार
x