खेलकुद

डर्टमन्डले सान्चो राख्ने, हालान्ड बेच्ने

इकागज |
बैशाख १९, २०७८ आइतवार १२:५० बजे

काठमाडौँ: बोरुसिया डर्टमन्डले स्टार युवा फरवार्ड जेडोन सान्चोलाई विक्रि गर्न आफू तयार रहेको जनाउ दिएको छ । तर सान्चोको सम्भावित स्थान्तरण शर्सत हुने डर्टमन्डको भनाइ छ । डर्टमन्डका मुख्यमध्येका एक खेलाडी मानिएका सान्चो बारम्बार युरोपका अन्य ठूला क्लबसँग जोडिँदै आएका छन् ।  

‘सान्चोसँग हाम्रो जेन्टलमेन एग्रिमेन्ट छ । उनले चाहेमा क्लब छाड्न सक्छन् । तर त्यसका लागि केही शर्त छन् । जसको पालाना हुनुपर्छ,’ डर्टमन्डका स्पाेर्टिङ निर्देशक माइकल जोर्कले भनेका छन् । यद्यपि स्ट्राइकर एर्लिङ हालान्डलाई भने क्लब छाड्न नदिने जोर्कले प्रष्ट पारे । 


सान्चो र हालान्ड दुबैले डर्टमन्ड छाड्ने हल्ला हल्ला चलिरहेको छ । डर्टमन्ड जारी बुन्डेसलिगा सिजनमा शीर्ष चारमा नरहने हो भने दुबै खेलाडीले क्लब छाड्ने सम्भावना बढ्ने छ । सान्चो म्यानचेस्टर सहरका दुई क्लब, चेल्सी लगायतका इंग्लिस क्लबहरूसँग जोडिँदै आएका छन् ।

त्यस्तै, हालान्डलाई अनुबन्ध गर्न रियल म्याड्रिड देखि इंगल्यान्डका सबै ठूला क्लब तयार छन् । हालान्डका पिता एल्फइन्ज र एजेन्ट मिनो राइओलाले केही समयअघि मात्रै स्पेन र इंगल्यान्डको दौडहा गरेका थिए । सम्भावित स्थान्तरणका लागि क्लबको टुङ्गो गर्न ।   

तर डर्टमन्डले हालान्डलाई सजिलै क्लब छाड्न दिने देखिएको छैन । ‘सान्चोसँग हाम्रो गत वर्ष नै समझदारी भएको हो । तर हालान्ड क्लबमा नयाँ छन् । उनको हकमा हामी प्रष्ट छौँ । उनले तत्काल डर्टमन्ड छाड्ने सम्भावना छैन,’ जोर्कले स्थानिय सञ्चार माध्यम एआरडीसँग कुरा गर्दै भने । 


Author

थप समाचार
x