टाइगर कप भलिबल : तेस्रो दिन एपिएफ, आर्मी र पुलिस विजयी
पोखरा- पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तेस्रो दिन ३ विभागीय टिम विजयी भएका छन् ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा एपिएफको महिलातर्फ एपिएफ र आर्मी विजयी भए । पुरुषतर्फ नेपाल पुलिस र एपिएफ विजयी बन्यो ।
महिलातर्फको पहिलो खेलमा एपिएफले न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गर्यो । एपिएफले डायमण्डलाई २५–१५, २५–२० र २५–७ को सेटमा जितेको हो । दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई २५–१०, २५–१६ र २५–१६ को सोझो सेटमा पराजित गर्यो ।
पुरुषतर्फको पहिलो खेलमा नेपाल पुलिसले सेन्ट जोसेफ वाज स्पोर्ट्स क्लबलाई ३–२ को सेटमा पराजित गर्यो । सेन्ट जोसेफलाई हराउने क्रममा पुलिसले २५–१९, २५–२५, २३–२५, १९–२५ र १३–१५ को सेट झेल्नुपर्यो । अर्को खेलमा गण्डकी प्रदेशलाई एपिएफले ३–१ को सेटमा पराजित गर्यो । गण्डकीलाई एपिएफले २५–१९, २५–२३, २०–२५ र २५–१९ को सेटमा पराजित गरेको हो ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । राउण्ड रोविनका आधारमा खेलाइएको प्रतियोगितामा महिलातर्फ नेपाल आर्मी, एपिएफ, न्यू डायमण्ड र गण्डकी प्रदेशको टिम सहभागी छ ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश खेलिरहेका छन् । पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस च्याम्पियन बनेको थियो । दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन टोली हो ।
महिला–पुरुष दुवैतर्फ उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत मंगलबार ४ खेल हुनेछ । महिलातर्फ गण्डकी र न्यू डायमण्ड, त्रिभुवन आर्मी क्लब र एपिएफ प्रदेश भिड्दैछन् । भने, पुरुषतर्फ गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्बल, एपिएफ र सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका भिड्दै छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया